दफा ११ख
एकाघर सगोलका परिवारको शेयर रहेको एक भन्दा बढी संस्थालाई इजाजत नदिईने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ भएपछि एका घर सगोलका परिवारका सदस्यको शेयर रहेको एक भन्दा बढी संस्थालाई इजाजतपत्र दिईने छैन।
(२) यो दफा प्रारम्भ हुँदाका बखत एकाघर सगोलका परिवारका सदस्यको शेयर रहेको एक भन्दा बढी संस्था भएमा यो दफा प्रारम्भ भएको मितिले छ महिनाभित्र एक आपसमा दफा ११क. बमोजिम गाभिनु पर्नेछ।
(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) बमोजिमको अवधि पछि एकाघर सगोलका परिवारका सदस्यको शेयर रहेका एक भन्दा बढी संस्थाको इजाजतपत्र नवीकरण गरिने छैन।”